ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारत रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

बिहिबार १०, माघ २०८१ १२:३७

नयाँ दिल्ली । भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । जसमा चार जना नेपाली रहेका छन् । प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ । 

बुधबार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो । अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । 


 

प्रतिक्रिया