बैतडी । दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक अध्ययन भएको छट । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको हो ।
दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा खानेपानी पुगाउनका लागि सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब एक सय १० घरधुरीमा खानेपानी पुगाउने लक्ष्य रहेको छ ।
समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको हो ।
प्रतिक्रिया