अछाम । भारतमा भएको रेल दुर्घटनामा कैलालीकी एक महिलाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका –६ का ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको हो ।
उनका भतिजा दीपेन्द्र भण्डारीले बुधबार भउको रेल दुर्घटनामा परी मृत्यु भएको पुष्टि गरे । दीपेन्द्रका अनुसार कमलासंगै उनकी बुहारी राधा पनि थिइन् । उनीहरु सोमबार लखनउबाट मुम्बैका लागि रेलमा गएका थिए ।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर शाहीका अनुसार रेल्बे कम्पनीले कमलाको शव नेपाल पठाइदिने खबर प्राप्त भएको छ ।
बुधबार महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको मृत्यु भएको थियो । रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर उनीहरुको ज्यान गएको थियो ।
प्रतिक्रिया