धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडीमालिका घुम्नका लागि मा शुक्रबारदेखि हेलिटुरको व्यवस्था गरिएको छ । सातौं साँफेबगर महोत्सवको अवसरमा खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सको व्वस्थापनमा हेलिटुरको आयोजना गरिएको हो ।
हेलिटुरमार्फत दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएको खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले जानकारी दिए । महोत्सव अवधिमा साँफेबगरदेखि खप्तड, बडीमालिका र रामारोशन क्षेत्रमा हेलीकोप्टबाट अवलोकन गर्न सकिने छ । साँफेबगर–खप्तड प्रतिव्यक्ति २२ हजार तथा बडीमालिका र रामारोशनसम्म प्रतिव्यक्ति २५ हजार रुपैयाँमा अवलोकन गर्न सकिने प्याकेज तयार गरिएको छ ।
यस्तै शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पण्डेय र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले खप्तड र बडीमालिका अवलोकन गरेका छन् ।
प्रतिक्रिया