ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एमालेका ३५८ जनाले गरे पार्टी परित्याग, लागे भीम रावलतिर

शनिबार १२, माघ २०८१ ०४:०४

धनगढी । कैलालीमा नेकपा एमालेका तीन सय ५८ जना डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएको जानकारी गराएका हुन् । 

पूर्वमन्त्री सुवेदीका अनुसार गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएका हुन् । 'दुई सय ५० त एमालेका संगठित सदस्य नै हुन्,' उनले भने, 'अन्य एमाले समर्थकहरू पनि अभियानमा जोडिएका छन् ।' अभियानमा सहभागिता बढ्दै गइरहेको र थप नेताकार्यकर्ता पनि सम्पर्कमा भएको सुवेदीले जानकारी दिए । 

पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमाले कैलालीले यसअघि नै रावलको अभियानमा जोडिएको भन्दै कार्बाही गरिसकेको छ । दुबै जनालाई पार्टीबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया