धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई सरकारी गाडी दुरुपयोग गरेको भन्दै अवरोध गरिएको छ ।
पूर्वमुख्यमन्त्री रावल कञ्चनपुरबाट कैलालीको धनगढी आउने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको दैजी चोकमा शनिबार पनि सार्वजनिक गाडी प्रयोग गरेको भन्दै अवरोध गरिएको हो ।
रावलको सचिवालयले भने दुव्र्यवहार भएको भन्दै भत्र्सना गरेको छ ।
‘रास्वपा कार्यकर्ताहरुले पूर्वमुख्यमन्त्री चढेको गाडीलाई रोकेर चालकलाई गालीगलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राजको खिल्ली उडाएको प्रतित भएको छ,’ पूर्वमुख्यमन्त्री रावलको सचिवालयले भनेको छ, ‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मुकदर्शक भई अराजक समूहको अगाडि निरिहता देखाएकोमा आपत्ति छ ।’
सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुने ढंगले भिडिओको केही अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पु¥याउने काम गरेको आरोप पनि स्वकीय सचिव राजबहादुर चन्दद्धारा जारी विज्ञप्तिमा उल्लखे छ ।
रावलको सचिवालले प्रदेशसभा सचिवालबाट सवारी अनुमति लिएर काम विशेषले गाडी चलाएको दाबी गरेको छ ।
प्रतिक्रिया