काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज काठमाडौँ गर्न लागेको ‘जागरण सभा’अन्तर्गत प्रदर्शन गरिरहेको छ । एमालेको प्रदर्शनले सर्वसाधारणलाई सास्ती खेपिरहेका छन् । यातायात ठप्प भएपछि सर्वसाधारको दैनिकी प्रभावित हुनुका साथै एम्बुलेन्सले समेत बाटो नपाउने अवस्था सिर्जना भएको छ ।
सडक जामका कारण बिरामी बोकेका एम्बुलेन्सहरु समयमै उपचारका लागि अस्पताल पुग्न पाएका छैनन् भने सर्वसाधारणले गन्तव्यमा पुग्न समस्या भइरहेको गुनासो गरेका छन् । राजधानीका विभिन्न स्थानबाट सुरु भएका ¥यालीहरु दरबारमार्गमा आउन थालेका छन् ।
‘जागरण सभा’लाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ । त्यस्तै दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ ।
प्रतिक्रिया