काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो निर्वाचनसम्म वर्तमान समीकरण नै रहने दावी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सरकारबारे कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका हुन् ।
‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ ।’
ओलीले अबको १८ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएर कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने पनि बताए ।
प्रतिक्रिया