धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संसारमा कतै नदेखिएको दृश्य शुक्रबार काठमाडौंमा देखिएको बताएका छन् ।
कैलालीको घोडाघोडीमा आयोजित आमसभालाई सम्बोधन गर्दै शाहीले सरकारको नेतृत्व गरेको दल नै सडक प्रदर्शनमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘जनता सरकारको विरुद्वमा जाने हुन् भन्ने डरले एमाले आफैँ प्रदर्शनमा उत्रिएको हो,’ उनले भने, ‘सरकारको नेतृत्व गरेको दलले आन्दोलन गरेको पहिलोपटक सुनेको हुँ ।’
उनले सडकमा उत्रिएको एमालले आम नागरिकलाई दुख दिएको बताए । ‘सरकारमा बसेर काम गर्ने हो,’ उनले थपे, ‘काम गर्न सकिँदैन भने राजीनामा दिएर जानुहोस् ।’
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सरकार र प्रधानमन्त्रीमाथि भइरहेका प्रहारको प्रतिकारका लागि बिहीबार जागरणसभा गरेको थियो ।
प्रतिक्रिया