काठमाडौँ । गायिका एलिना चौहानले आफ्ना पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन्।
जिल्ला अदालत काठमाडौंमा चौहानले शुक्रबार वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले चौहानले मुद्दा दायर गरेको पुष्टी गरे ।
श्रेष्ठका अनुसार मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर फिरादपत्र दायर भएको छ । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए।
एलिनाका पति सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्। त्यसयता उनी रेकर्डिङ र मेलामहोत्सवमा व्यस्त छिन्।
प्रतिक्रिया