कञ्चनपुर । कञ्चनपुरको एक उखुबारीमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको १० कट्ठा जमिनमा लगाइएको उखुमा आगलागी भएको हो ।
शनिबार साँझ छिमेकी मोतिराम रानाले आफ्नो बारीमा उखुका पात जलाउने क्रममा आगो सल्केर बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए । उनका अनुसार आगलागीबाट खेतको पूरै उखु जलेको छ ।
बमनुले उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको र दुई दिनभित्र काट्ने तयारीमा रहेका बेला आगलागी हुँदा ठुलो नोक्सानी भएको बताए । आगलागी स्थानीयले निभाएका थिए ।
प्रतिक्रिया