काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । बेनीमा रहेको कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।
म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले थापालाई आज बिहान साढे ५ बजे उनकै निवासबाट पक्राउ गरिएको जानकारी दिए । यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया