ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको विकासबारे बालुवाटारमा छलफल, उठ्यो राजधानीको विषय

सोमबार २१, माघ २०८१ ०९:०९

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न विषयमा प्रधानमन्त्रीले बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री र प्रदेश मन्त्रीसहितको टोलीले छलफल गरेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले दिएको जानकारीअनुसार सुदूरपश्चिमको स्थायी राजधानीका विषयमा छलफल भएको छ । स्थायी राजधानी कैलालीको गोदावरी घोषणा भएको छ वर्षसम्म पनि प्रदेश सरकारले जग्गासमेत प्राप्त गर्न सकेको छैन । प्रदेशका मुख्यमन्त्री शाहले जग्गाको विषय टुंगो नलागे विकल्पबारे सोच्नुपर्ने समय आएको बताएका छन् । 

यस्तै, गेटा अस्पताल, चिसापानीदेखि गड्डाचौकीसम्म छ लेन सडक निर्माण, अत्तरियादेखि डडेल्धुरासम्म भीमदत्त रजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने, सेती लोकमार्ग, महाकाली करिडोर र कर्णाली करिडोर निर्माणसंगै उद्योग र राजमार्गमा पर्ने रुख कटानका विषयमा पनि छलफल भएको छ । 

मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार बलदेव शाह(बाकाबिर) र लोकराज ढकाललाई सहिद घोषणा गर्ने विषयमा पनि छलफल भएको छ । शाह र ढकाललाई सहिद घोषणाका लागि प्रदेश सरकारले यसअघि नै सिफारिस गरिसकेको छ । 

छलफलमा प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहसंगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल लगायतको सहभागिता थियो । 

प्रतिक्रिया