ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका चार पालिकामा सडक सुधार कार्यक्रम, विश्व बैंकको सहयोग

शनिबार ०८, मङि्सर २०८१ ०१:३९

धनगढी । विश्व बैंकको सहयोगमा पाँचवर्षे सडक सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रमका लागि सुदूरपश्चिममा भने पहिलो चरणमा कैलालीको चुरे, कञ्चनपुरको लालझाडी, बझाङको सैपाल र बैतडीको सिगास छनोटमा परेका छन् । ती क्षेत्र सडक स्तरोन्नति र नयाँ निर्माणका लागि छनोट भएका हुन् । 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले विश्व बैंकको सहयोग प्रदेशको सडक सञ्जालको विकासमा महत्त्वपूर्ण खुट्किलो हुने बताए । विश्व बैंकका प्रतिनिधि विज्ञान प्रधानले पहिलो चरणको कार्यक्रम सफल भएमा दोस्रो चरणमा पनि सहयोग गर्न सक्ने आधार बन्ने बताए । 

पहिलो चरणको कार्यक्रम आर्थिक वर्ष २०८४÷०८५ मा पूरा गर्ने लक्ष्य राखेको सहरी विकास सचिव मणिराम गेलालले जानकारी दिए । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकको र नेपाल सरकारको १६ अर्ब ६४ करोडको लागतमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम लागू गरिनेछ । 

कार्यक्रम सञ्चालन गर्न सहरी विकासमन्त्री प्रकाशमान सिंह तथा सम्बन्धित प्रदेशका भौतिक पूर्वाधारमन्त्रीहरूको उपस्थितिमा बिहीबार काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । 

प्रतिक्रिया