ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराको एक घरमा आगलागी, झण्डै पाँच लाख नगद जल्यो

मङ्गलबार २२, माघ २०८१ १२:३६

धनगढी । बाजुराको एक घरमा आगलागी भएको छ । सोमबार बुढीनन्दा नगरपालिका-९ पाण्डुसैन घर भई बडीमालिका नगरपालिका-८ मार्तडी बजारमा टिन र काठले बनेको एकतले कच्ची घर बनाई बस्दै आएका पशुपती थापाको घरमा आगलागी भएको हो । 

थापाले आगलागीबाट तीन तोला सुन, नगद ४ लाख ८० हजार, उनीको दन २० ओटा, ल्यापटप एक थान लगायतका सामान जलेको बताएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । थापाको परिवार व्यापार व्यवसायको सिलसिलामा मार्तडी बजारमा बसिरहेको र भेडा बेचेको नगद रकम आगलागीमा जल्न पुगेको बताएको बाजुरा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार खाना बनाउने क्रममा ग्याँस लिक भई अचानक आगलागी भएको थियो । प्रहरीको ३५ जनाको टोली खटिएर आगलागी नियन्त्रणका साथै उद्धार गरिएको जनाइएको छ ।


 

प्रतिक्रिया