ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलाका ११ विद्यालयमा ल्यापटप वितरण

मङ्गलबार २२, माघ २०८१ ०१:३३

धनगढी । दार्चुलाका ११ विद्यालयमा ल्यापटप वितरण गरिएको छ । जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रका ११ ओटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो ।  

गाउँपालिकाले 'एक विद्यालय, एक ल्यापटप' कार्यक्रम अन्तर्गत पालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई ल्यापटप प्रदान गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले पालिकाभित्र सञ्चालनमा रहेका २२ ओटा सामुदायिक विद्यालयमध्ये आइतबार ११ ओटा विद्यालयलाई ल्यापटप प्रदान गरिएको बताए । अन्य ११ ओटा विद्यालयलाई भने यसअघि नै ल्यापटप प्रदान गरिसकिएको उनले बताए । 

अध्यक्ष बोहराले प्रायजसो सम्पूर्ण कार्यहरु अनलाइनबाटै सम्पादन गरिने भएको हुँदा विद्यालयको नियमित प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउनुका साथै एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन ल्यापटप वितरण गरिएको बताए । विद्यालयहरुमा ल्यापटप नहुँदा स-सानो कामका लागि पनि बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब विद्यालयहरुले सम्पूर्ण प्रशासनिक कार्यहरु सहजै समपादन गर्न सक्ने उनले बताए । 
 

प्रतिक्रिया