धनगढी । कैलाली र डोटीमा लागुऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । बुधबार धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिकबाट लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षका भरत सन्ज्याललाई ११० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको बताएको छ ।
त्यसैगरी गोदावरी नगरपालिका-२ पहाड रोडबाट सोही ठाउँ बस्ने २२ वर्षका धिरज बलायरलाई २०० मिलिग्राम र धनगढी-३ मिलन चोकबाट गोदावरी-२ घर भई हाल मिलनचोक कोठा गरी बस्ने २२ वर्षकी बिष्ना पालीलाई १३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो पदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
त्यस्तै, हिजो नै बेलुका डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा चेकजाँच गर्दा वडा नम्बर २ दिपायल बस्ने ३० वर्षका कमल अग्रवालको साथबाट ०.४२० ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको छ ।
उनले आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षका दिनेश रोकायाबाट उक्त पदार्थ किनेको बताएपछि खोजि गर्ने क्रममा रोकाया आदर्श-४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षका अर्जुन बोहराको कोठामा फेला परेका थिए । कमल, दिनेश र अर्जुन तीनै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया