धनगढी । कैलालीमा परालको कुनिउमुनि एक जना वृद्धको शव फेला परेको छ । जिल्लाको गोदावरी नगरपालिका-८ श्रीपुरमा परालको कुनिउमुनि परिचय नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शव बुधबार फेला परेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया