ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा पुरुष मृत फेला, हात्तीले आक्रमण गरेको आशंका

सोमबार ०३, कार्तिक २०८२ १२:४९

धनगढी । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । बेलौरी नगरपालिका- ३ बुटाबारी बस्ने ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार आज बिहान बेलौरी- ५ बन्तरियास्थित  बेलौरी-कलुवापुर पक्की सडकमा एउटा साइकल फेला परेको थियो । 

`इलाका प्रहरी कार्यालय बेलौरीमा उक्त जानकारी आएपछि खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा आचार्यको शव फेला परेको हो,´ डीएसपी बोहराले भने, `घटनास्थलको प्रकृति  हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिन्छ ।´ 
घटनाको अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।

प्रतिक्रिया