ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

सोमबार ०३, कार्तिक २०८२ १०:३८

कञ्चनपुर । कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार  ६२८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको सूचनाअनुसार कृषक, धानचामलका उद्योगी तथा व्यापारीहरूलाई तोकिएको मूल्यमा धान खरिद–बिक्री गर्न आग्रह गरिएको छ । 

पालिका क्षेत्रभित्र निर्णय कार्यान्वयन गराउनका लागि स्थानीय तहलाई निर्देशन दिइएको छ । हाल जिल्लाभर धानबाली काट्ने, सुकाउने र थ्रेसिङ गर्ने चटारो चलिरहेको छ ।

किसानले समर्थन मूल्य समयमा नै निर्धारण  गरिएको भन्दै स्वागत गरेका छन् । स्थानीय किसान गहनु चौधरीले धानको समर्थन मूल्य निर्धारण गरिएको निर्णय स्वागतयोग्य रहेको बताए ।

पालिकास्तरमा सरकारी धान खरिद डिपो सञ्चालन गरेर तोकिएको मूल्यमा नै खरिद गरिदिएमा किसानलाई राहत मिल्ने उनले बताए । 

प्रतिक्रिया