बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार गरिएको छ । गौमुल गाउँपालिका-३ की २२ वर्षीया सिर्जना बोहराले बाटोमै बच्चालाई जन्म दिएकी हुन् ।
उनलाई माझपाली आधारभूत स्वास्थ्य केन्द्रबाट स्टेचर बोकेर महिला स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी स्वास्थ्य संस्थामा ल्याएको स्टाफ नर्स सीता खड्काले बताइन् ।
सिर्जना र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बाटोमै छोरालाई जन्म दिएकी उनलाई अवस्था सामान्य भएपछि स्वास्थ्य केन्द्रबाट घर पठाएइको बताइएको छ ।
प्रतिक्रिया