ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको एक गोठ र भान्सामा आगलागी

आइतबार २७, माघ २०८१ १०:१३

धनगढी । कञ्चनपुरको एक गोठ र भान्सामा आगलागी भएको छ । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका-९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको खरले छाएको एकतले एक कोठे कच्ची भान्सा घर र टिनले छाएको एक कोठे गोठमा आगलागी भएको हो । 

विद्युतको तार सर्ट भई आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु गरी अन्दाजी एक लाख मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया