ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्वामीकार्तिकका प्रतिस्पर्धी उम्मेदवार संगसंगै घरदैलोमा

उपनिर्वाचन

आइतबार ०९, मङि्सर २०८१ ०२:०९

धनगढी । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि दलहरु अहिले भोट माग्न घरदैलोमा पुगिरहेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा पनि उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । तीन दलका तीन उम्मेदवार चुनावी मैदानमा छन् । 

नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा (एमाले)को तर्फबाट सुलोचना भण्डारी बुढा र नेकपा (एकीकृत समाजवादी)बाट जवा शाहीको उपाध्यक्ष पदका लागि उम्मेदवारी छ । तीनै उम्मेदवार अहिले भोट माग्नका लागि घरघर पुगिरहेका छन् । 

घरदैलोको क्रममा एमाले उम्मेदवार बुढा र काँग्रेस उम्मेदवार शाहीको बेलाबेला भेट हुने गरेको छ । उनीहरुले स्वामीकार्तिकका जनतालाई मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धा भइरहेको सन्देश दिन खोजीरहेका छन् । अहिले दुबै उम्मेदवारले घरदैलोको क्रममा संगै उभिएर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
नेकपा एमालेका उम्मेदवार बुढालाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ । माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएर एमालेकी बुढाको प्रचारमा खटिएकी छिन् । 

०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । ०७९ मा उपाध्यक्षमा काँग्रेसकी जोशीले एक हजार आठ सय १० मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले) की सुलोचना भण्डारी बुढाले एक हजार छ सय ३७ ल्याएकी थिइन् । बुढा यसपटक पनि उम्मेदवार छिन् ।

प्रतिक्रिया