ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बस दुर्घटना हुँदा ६ जना घाइते

आइतबार २७, माघ २०८१ ०४:२८

काठमाडौँ । धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि ना५ख २८५१ नम्बरको बस दुर्घटना आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको र बसमा सवार अरू यात्रु पनि सामान्य घाइते भएका जनाएको छ ।


 

प्रतिक्रिया