ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

सोमबार २८, माघ २०८१ १०:०१

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो । '२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन्,' डीएसपी बोहराले भने, 'गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन् । सोही क्रममा पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको छ ।'

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।
 

प्रतिक्रिया