धनगढी । धनगढीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका-५ बस्ने ३१ वर्षका लक्ष्मण खड्का र लेनदेन मुद्दामा २ वर्ष कैद सजाय तोकिएका धनगढी-१३ बस्ने ४५ वर्षका कमल साँउद पकाउ परेका हुन् ।
जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया