ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

मङ्गलबार २९, माघ २०८१ १२:१३

काठमाडौँ । मङ्गलबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया