सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । सुनको मूल्य आज प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले भन्सार दर घटाएपछि सुनको मूल्यमा ठूलो गिरावट आएको जनाएको छ । सरकारले सुन आयातमा १० प्रतिशत भन्सार दर कायम गरेपछि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष अर्जुन रसायलीले बताए । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेको छ ।
भन्सार विभागका अनुसार भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले सुन आयातमा भन्सार दर घटाउने निर्णय भएको हो । सरकारले १५ प्रतिशत रहेका भन्सार दर यस वर्षको बजेटमा बढाएर २० प्रतिशत पु¥याएको थियो ।
भारतमा भने भन्सार दर घटेपछि नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएपछि बजारमा तस्करीको सुन आएको आशंका गरिएको थियो ।
प्रतिक्रिया