एजेन्सी । हमासले तीन जना बन्धकलाई रिहा गरेको छ । रिहा हुनेमा अलेक्सान्डर त्रोफानोभ, याइर होर्न र सागुई डेकेल चेक रहेका छन् ।
तीनै जनालाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । जनवरी १९ मा युद्धविराम सुरु भएयता हमासले यसअघि १६ जना इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । इजरायलले पनि ७६६ जना प्लालेस्टिनी कैदीहरूलाई छाडेको छ ।
प्रतिक्रिया