सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर शुक्रबार प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया