ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा निशुल्क परिवार नियोजन शिविर सञ्चालन हुँदै

शुक्रबार ०९, फागुन २०८१ १२:४७

बैतडी । बैतडीमा फागुन ११ गतेदेखि निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्थानिय तहहरुमा फागुन २७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो ।

सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

उनले सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निशुल्क रुपमा राख्ने कार्यका लागि शिविरको आयोजना गरिन लागिएको बताए ।

प्रतिक्रिया