ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई वित्त आयोगले बुझायो प्रतिवेदन

मङ्गलबार ११, मङि्सर २०८१ ०१:२८

धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले आज प्रदेश प्रमुख मियाँलाई प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा आयोगले सम्पादन गरेको सुदूरपश्चिम प्रदेश र यस प्रदेशमा रहेका स्थानीय तहसँग सम्बन्धित काम कारबाहीहरु समावेश गरिएको छ। 

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले प्रतिवेदनमा उल्लेख भएका विषयहरुबारे प्रदेश सभामा छलफल हुने बताए । उनले प्रतिवेदन कार्यान्वयनका लागि मुख्यमन्त्रीमार्फत् प्रदेश सभामा पठाउने उल्लेख गरे । 

यसैगरी, प्रतिवेदनमा औंल्याइएका विषयवस्तुलाई कार्यान्वयनमा लैजान सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु प्रदेश प्रमुखको जोड थियो । सो अवसरमा आयोगका सदस्य विपिन निरौलासहित वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराई, उपसचिव लेवन काश्यप अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया