दार्चुला । मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । दार्चुलाको मार्मामा २८ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्याश गरिएको हो ।
दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् । जलविद्युत्आ योजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ ।
तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए । शेरीदेखि साढे आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।
प्रतिक्रिया