ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वराजा ज्ञानेन्द्रलाई ०८४ को चुनाव लड्न न्यौपानेको चुनौती

आइतबार ११, फागुन २०८१ ०१:४६

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् ।


‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन् ।

प्रतिक्रिया