ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली प्रिमियर लिगः सेमिफाइनल समीकरण पूरा

सोमबार १२, फागुन २०८१ ०४:२६

धनगढी । कैलाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार समूहचरणको अन्तिम खेल भएसंगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

मंगलबार कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वासबीत सेमिफाइनलको पहिलो खेल हुने छ । सेमिफाइनलको दोस्रो खेल भने मंगलबार नै बाजुराको त्रिवेणी नगरपालिका र  कञ्चनपुरको भीमदत्तकाबीच हुनेछ ।

यस्तै समूहचरणको अन्तिम खेलमा भीमदत्त नगरपालिकाले कैलालीको लम्कीचुहा नगरपालिकालाई पराजित ग¥यो । लम्कीचुहा नगरपालिकाले दिएको ९७ रनको झिनो लक्ष्य भिमदत्तले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि साजन बिटालुले अविजित ३१ रन बनाए । यस्तै, मिलन बोहराले अविजित २६ रनको योगदान दिए । लम्कीचुहाका लागि डम्मर माझीले २ विकेट लिए । त्यस्तै सुरेश भण्डारी र सागर बिसीले समान एक–एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीचुहाले १९.२ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । लम्कीका लागि रविन भण्डारीले सर्वाधिक २७ तथा हेमन्त चलाउनेले २४ रनको योगदान दिए । भीमदत्तका लागि अरुण ऐरीले ४, समिर बिष्टले ३ तथा सन्तोष भट्ट र मिलन बोहराले समान एक–एक विकेट लिए ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भइरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । प्रतियोगीताको विजेता टोलीले नगद दुई लाख, उपविजेता टोलीले नगद एक लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५–१५ हजार,उ दयमान खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन् । 

प्रतिक्रिया