धनगढी । धनगढीको एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ।
एसपिएले मंगलबार को बमलाई कलेजको आधिकारिक ब्राण्ड एम्बासडर घोषणा गरेएको हो। कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उनलाई उक्त जिम्मेवारी दिएको जननाएको छ । एसपीए कलेजमा अध्ययनरत बमले नेपाली क्रिकेटमा उदाउँदा विकेटकिपर तथा ब्याट्सम्यान हुन् । उनले हालै सम्पन्न विश्वकप एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्र्याएका थिए ।
ब्राण्ड एम्बासडर नियुक्त भएपछि क्रिकेटर बमले आफू अध्ययन गरेको कलेजसँग जोडिन पाउँदा खुशी लागेको बताए । क्याम्पस प्रमुख बुधराम चौधरीले एसपीए कलेज र खेलकुद प्रर्यायबाची भएको दावी गरे । उनले विद्यार्थीहरुको सफल भविष्यको लागि सबै खेल सबै विधाका विद्यार्थीहरुलाई उत्तिकै महत्वका साथ अवसर प्रदान गर्दै आइरहेको बताए ।
कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले पनि बमलाई ब्राण्ड एम्बासडर नियुक्त गर्नु कलेजका लागि गर्वको विषय भएको बताए । उनले एसपीए कलेजले अध्ययनसँगै खेलकुदको अवधारणालाई आत्मसात गर्दै आएको बताए ।
सोही अवसरमा कलेजले लोकेश बम र अन्य विद्यार्थीहरुका बीच विषेश प्रेरणदायी प्रश्नोउत्तर तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । एसपीए कलेजले यसअघि पनि नारायण जोशी, कविता कुँवर र शेर मल्ल लगायतका क्रिकेट खेलाडीहरूलाई कलेजको ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरिसकेको छ।
प्रतिक्रिया