धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीलाई ‘सुदूरपश्चिम रत्न’बाट सम्मान गरिएको छ। शाहीलाई काठमाडौंको एलआरआई स्कुलले आफ्नो ३७औं स्थापना दिवसको अवसरमा उक्त सम्मान गरेको हो ।
शाहीलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको हो । शाही एसपीए कप र धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताका परिकल्पनाकार हुन् । धनगढीमा क्रिकेट एकेडेमीसमेत सञ्चालन गरिरहेका उनी गा् ड्रिमर्सका अध्यक्ष पनि हुन् । गो ड्रिमर्सकै आयोजनामा गत महिना अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो ।
नेपालमा अक्सनको सुरुवातकर्ता पनि शाही नै हुन् । शाहीले क्रिकेटसंगै पछिल्लो समय फुटबलतर्फ पनि सक्रियता बढाएका छन् ।उनी नेपाल सुपर लिगको टिम धनगढी एफसीका टिम मालिक पनि हुन् ।
प्रतिक्रिया