ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

शुक्रबार १६, फागुन २०८१ ०२:३५

धनगढी । बैतडीदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार जयपृथ्वी नगरपालिका–७ तमैल बजार नजिकै सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध छ । 

छविसपाथिभेरा गाउँपालिकाको बालुवाटारमा पनि पहिरो आउँदा सडक अवरुद्ध भएको डीएसपी भण्डारीले बताए । यस्तै बित्थडचि गाउँपालिकाको क्षेत्रमा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

अवरुद्ध भएको स्थानमा सडक सुचारु गर्नका लागि काम भइरहेको बताइएको छ । बिहीबार रातिदेखि बझाङसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । 

प्रतिक्रिया