काठमाडौं । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबिच भएको भेट चर्को बहसमा परिणत भएको छ । ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको आरोप लगाए । ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।
ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाए ।
भिडियोमा युक्रेनी राजदूतले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ। जेलेन्स्कीले दुई देशबिच बहुमूल्य खनिजसम्बन्धी सम्झौता गर्न अमेरिकाको भ्रमण गरेका थिए । तर यो सम्झौता अब असफल भएको छ।
दुई नेताबिचको चर्को बहसका कारण बैठकपछि तय भएको पत्रकार सम्मेलन पनि रद्द गरियो । जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइएको थियो ।
प्रतिक्रिया