ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम रोयल्सको मेडिकल प्रायोजक मायामेट्रो अस्पताल

बुधबार १२, मङि्सर २०८१ १२:०५

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको मेडिकल ‘पार्टनर’को प्रायोजन मायामेट्रो अस्पतालले गर्ने भएको छ । सुदूरपश्चिम रोयल्स र मायामेट्रोबीच प्रायोजन सम्झौता भएको छ । 

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याइसकेको छ । 

एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुँदैछ । 

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । त्यस्तै मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । 
 

प्रतिक्रिया