ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘टीकापुर साहित्य महोत्सव’ २४ फागुनदेखि

बिहिबार २२, फागुन २०८१ ०८:२६

धनगढी । ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ । यसपटकको महोत्सव नेपालका प्रथम नाटककार पहलमानसिंह स्वाँर विशेष हुने आयोजक टीकापुर साहित्य समाजले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

महोत्सवमा जम्मा २१ बहस सत्र रहनेछन् । जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रञ्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयमा बहस गर्नेछन् ।

गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन–दर्शनबारे विचार–विमर्श तथा विश्लेषण गर्नेछन्। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।

टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान महोत्सवको प्रवर्द्धक रहेको छ। सहप्रवर्द्धक टीकापुर नगरपालिका  र जानकी गाउँपालिका रहनेछन् ।

दोस्रो संस्करणका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, बुद्ध एयर, यती एयर, होटेल सिद्धार्थलगायत विभिन्न राष्ट्रिय संघसंस्थाहरूले प्रायोजन तथा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया