डडेल्धुरा । डडेल्धुरामा परशुराम साहित्य महोत्सव सुरु भएको छ । परशुराम धाममा दोस्रो संस्करणको साहित्य महोत्सव सुरु भएको हो । परशुराम नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्धाटन गरे ।
मन्त्री लेखकले भौतिक विकाससंगै मानवीय विकास पनि आवश्यक पर्ने बताउँदै मानवीय विकासका लागि साहित्य निकै महत्वपूर्ण भएको बताए । ‘धार्मीक र सास्कृतिक रुपमा सुदूरपश्चिम प्रदेश निकै धनी छ,’ उनले भने, ‘यसलाई समृद्ध प्रदेश बनाउनका लागि यस्ता महोत्सवको महत्वपूर्ण भूमीका हुन्छ ।’
आयोजक परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले ‘सस्कार, संकल्प अनि समृद्धिको उत्सव’का रुपमा दोस्रो संस्करणको साहित्य महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कला, संस्कृति तथा साहित्यलाई प्रवद्र्धन गर्न सहयोग पुगाउने बताए । महोत्सव अवधिभर दर्जन बढी सत्र सञ्चालन हुने जोशीले बताए ।
उनका अनुसार सुदूरका सुइना, खेल संसारः अर्थतन्त्र, पर्यटन र कूटनीति, खोजिन बाँकी इतिहास, लेखिन बाँकी गीत, इजाइन की कुरणी, सु–संस्कृत राजनीति : देखाइ र भोगाइ, डिजिटल युगका युवा, संस्कार र शिक्षा, गजल गंगा, कविता कहानी, काव्य संध्या लगायगतका सत्र सञ्चालन हुने छन् ।
सत्र सञ्चालनका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल, डा. दीपकराज भट्ट , शिक्षाविद् डा. हेमराज पन्त, गीतकार राजेन्द्र शाह विपी र हेमन्त विवश, खेलाडी दीपेन्द्रसिंह ऐरी, ओलम्पियन दीपक बिष्ट, प्रशिक्षक जगदीश भट्ट लगायतका अतिथिलाई निमन्त्रणा गरिएको मेयर जोशीले बताए । साहित्य महोत्सवको पहिलो संस्करण गतवर्ष आयोजना गरिएको थियो ।
प्रतिक्रिया