ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम विश्वविद्यालयका १३७७ विद्यार्थी दीक्षित हुँदै

आइतबार २५, फागुन २०८१ ०८:२४

धनगढी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आइतबार पाँचौ दीक्षान्त समारोह गर्दै छ ।

दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि समारोहमा सहभागी हुनेछन् ।

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टका अनुसार पाँचौ दीक्षान्त समारोहबाट एक हजार तीन सय ७७ जना दीक्षित हुँदै छन् ।

उनका अनुसार दीक्षान्त समारोहअघि प्रिसिनेटबाट ग्रेसलिट पारित गर्ने तयारी छ । 

प्रतिक्रिया