ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी आउँदै काँग्रेस सभापति देउवासहितका शीर्ष नेता

आइतबार २५, फागुन २०८१ १०:२७

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धनगढी आउने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा सोमबार बिहान धनगढी आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस प्रदेश कार्यसमिति सुदूरपश्चिमले जनाएको छ । 

प्रदेश सभापति बीरबहादुर बलायरका अनुसार देउवा सोमबार बिहान पौने ९ बजेको बुद्ध एयरको जहाजबाट धनगढी आउन लागेका हुन् । उनको स्वागतका लागि धनगढी विमानस्थलमा उपस्थित हुन काँग्रेस सुदूरपश्चिमले नेता–कार्यकर्तालाई आग्रह गरेको छ । 

प्रदेश सभापति बलायरका अनुसार काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन् । सभापति देउवासंगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताइएको छ ।

प्रतिक्रिया