धनगढी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट एक हजार तीन सय ७७ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहबाट सो संख्यामा विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा आफूले पनि पहल गरेको बताए । ‘मैले विश्वविद्यालय स्थापनाका लागि संघर्ष हुँदा १० लाख सहयोगको घोषणा गरेको थिए,’ उनले भने, ‘५० हजार सोही समयमा दिएको थिए । साढे नौं लाख अहिले पनि तीन बाँकी छ ।’
आफू विश्वविद्यालयको ऋणी बन्न नचाहेको बताउँदै उनले उक्त रकम छिट्टै दिने बताए ।
प्रधानमन्त्री ओलीले कैलालीको गेटामा नेपालकै पहिलो मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको बताए । उक्त विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढेको उनको दाबी थियो ।
प्रतिक्रिया