ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

काँग्रेस सभापति देउवासहितका शीर्ष नेता धनगढीमा

सोमबार २६, फागुन २०८१ ११:२५

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरु धनगढी पुगे हुन् । 

सभापति देउवासंगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाण, दीलेन्द्र बडू लगायतका नेताहरु धनगढी पुगेका हुन् ।

उनीहरुको स्वागतका लागि ठुलो संख्यामा नेता तथा कार्यकर्ता धनगढी विमानस्थलमा पुगेका थिए । 

प्रतिक्रिया