ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पुगेर देउवाले भने– राजतन्त्रको पक्षमा माहोल छैन

सोमबार २६, फागुन २०८१ ११:४०

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा माहोल नभएको बताएका छन् ।

काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्धाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।  ‘खै मैले त केही माहोल देखेको छैन,’ उनले भने । 

देउवाले वर्तमान गठबन्धन ०८४ सालको निर्वाचनसम्म नै यथावत रहने बताए । उनले नेपाली काँग्रेसको महाधिवेशन समयमै हुने बताएका छन् । काँग्रेसको महाधिवेशन समयमै हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा देउवाले टाउको हल्लाउँदै भने, ‘समयमै हुन्छ ।’

प्रतिक्रिया