ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
धनगढीमा काँग्रेसको सम्मेलन

धनगढीमा गगन थापाले भने– अहिलेकै व्यवस्थामा देशको अवस्था बदल्ने हो

सोमबार २६, फागुन २०८१ ०४:५९

धनगढी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्था नचाहनेहरु आगोमा रोटी सेक्नतर्फ लागेको बताएका छन् । कैलालीको धनगढीमा भइरहेको काँग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

‘अहिलेको व्यवस्था कहिल्यै पनि नचाहेकाहरु अहिले रोटी सेक्नेतर्फ लागेका छन्,’ उनले भने, ‘तर, नेपाली काँग्रेस त्यसतर्फ नलागेर आम नागरिकमा देखिएको आक्रोसको आगो निभाउनेतर्फ लाग्ने छ ।’ व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाले स्वीकार गरे । 
त्यो अवस्था काँग्रेसको नेतृत्वमा बनेको संविधानकै अधिनमा रहेर बदल्ने उनको दाबी थियो । नेपाली काँग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने पनि थापाले बताए । ‘अहिले एमालेको नेतृत्वमा सरकार छ,’ उनले भने, ‘केही समयपछि काँग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ । त्यो अवसरलाई प्रयोग गरेर नागरिकका बाचा पूरा गर्नतर्फ लाग्नुपर्छ । नागरिकको अवस्था बदल्न हामीले लाग्नुपर्छ ।’
 

प्रतिक्रिया