धनगढी । गृहमन्त्री रमेश लेखकले कैलालीस्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्त्रण गरेका छन् । धनगढी उपमहानगरपालिका १३ मा रहको धनगढी विमानस्थमा रहेको आपतकालिन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।
आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सात प्रदेशमध्ये छ प्रदेशको आपतकालिन गोदामघर रहेको तर केही आवश्यक सामाग्री झिक्न प्राधिकरणको अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरिएको बताए ।
प्रदेशमा रहेका आपतकालिन गोदामघरमा बिपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बलसँगै खाद्यान्न, औषधि लगायतका सामाग्री उपलब्ध हुने गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया