ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पूर्वमन्त्री धामीले खोले ‘डायमण्ड सेकुवा घर’

बुधबार २८, फागुन २०८१ ०१:३९

धनगढी । सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामीले सेकुवा घर सञ्चालनमा ल्याएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य धामीले कैलालीको धनगढी–४, सहिद गेट नजिक डायमण्ड सेकुवा घर सञ्चालनमा ल्याएका हुन् । 

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले सेकुवा घरको बुधबार उद्धाटन गरे । उनले पर्यटन मन्त्री भइसकेका धामीले साना तथा मझौला व्यवसायलाई प्रोत्साहन हुने गरी व्यवसाय सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

धामीले सेकुवा घरमा सस्तो मूल्यमा स्वादिष्ट बङ्गुर र बोइलर कुखुराको सेकुवा पाइने बताए । सात लाख लगानीमा सेकुका घर सञ्चालनमा ल्याइएको बताउँदै उनले चार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।

पूर्वमन्त्री धामीले आधुनिक चुह्लोबाट कार्बनरहीन सेकुवा बनाइने बताए । ‘यो चुह्लो धनगढीमा हामीकहाँमात्र छ । यसबाट कार्बनरहीन सेवा बनाइन्छ’ उनले भने, ‘नयाँ स्वादमा सेकुवा खुवाउन खोजेको हो ।’ जनप्रतिनिधि पनि कुनै न कुनै काम, व्यवसायमा जोडिनु पर्छ भनेर व्यवसाय सुरु गरेको धामीले बताए ।
‘जनप्रतिनिधिप्रति नराम्रो टीकाटीप्पणी हुने गरेको छ । त्यसलाई चिर्न हामी जनप्रतिनिधिले पनि कुनै न कुनै काम व्यवसायमा जोडिनुपर्छ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको हुँ’ धामीले भने, ‘यसले मलाइ आफ्नो राजनीतिक जीवनलाई अझ सुव्यवस्थित गर्नका लागि सहयोग पुग्ने आशा गरेको छु ।’  


 

प्रतिक्रिया